नेपालले आज युएईसँग खेल्दै
काठमाडाैं | कात्तिक १, २०८०
तस्बिर फाइल
काठमाडौं: नेपालले त्रिकोणात्मक टि-२० आई सिरिज अन्तर्गत आज युएईसँग खेल्दैछ । खेल दिउँसो १ बजे माथिल्लो मुलपानी क्रिकेट मैदानमा सुरु हुनेछ । नेपालको कप्तान रोहित पौडेल र युएईको मोहम्मद वासिमले कप्तानी गर्नेछन् ।
नेपाल युएईलाई हराउँदै त्रिकोणात्मक सिरिजमा सानदार सुरुवात गर्न चाहन्छ । मुलपानीमा नेपालले पहिलो अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो । योसँगै मुलपानी मैदान टि-२० आई मान्यता पाउने विश्वको १ सय ९० औं क्रिकेट मैदान बन्नेछ ।
नेपालले पछिल्लो समय सानदार प्रदर्शन गर्दै आएको छ । पछिल्लो समयको उच्च लय, एसिया कप र १९ औं एसियाली खेलकुदमा भारतविरुद्धको प्रदर्शनले नेपाली टोलीको मनोबल झनै उच्च छ । नेपाल त्यहिँ लय र प्रदर्शनलाई निरन्तरता दिन चाहन्छ । नेपाल घरेलु मैदान र दर्शकको पनि फाइदा उठाउनेछ ।
उता युएईले दुई महिना अघि टि-२० आई सिरिजमा न्युजिल्यान्डलाई हराएको थियो । टि-२० क्रिकेटमा युएईले पनि सानदार प्रदर्शन गर्दै आएको छ । मोहम्मद वासिम र आसिफ खानको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ । यी दुई युएईका ब्याटर टि-२० विशेष खेलाडी हुन् ।
नेपालले एसियाडमा भारतविरुद्ध खेलबाट टोलीमा एक परिवर्तन गर्ने सम्भावना छ । स्पिनर सन्दीप लामिछाने टोलीमा छैनन् । उनी नहुँदा एक स्पिनरलाई मौका दिने देखिन्छ । स्पिनरमा ललितनारायण राजवंशी, सूर्य तामाङ, सागर ढकाल र मौसम ढकाल छन् । सागर र मौसम मध्य एकले मौका पाउनेछन् । मौसमले खेलेको खण्डमा नेपाली टोलीमा डेब्यू गर्नेछन् ।
नेपालको ब्याटिङ मुख्य हतियार हो । कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा र करण केसी विष्फोटक ब्याटिङ गर्न सक्छन् । दुई कुशल मल्लको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ । डेथ ओभर बलिङ नेपालको कमजोरीको रुपमा छ । अभिनाश बोहराको आगमनले उक्त समस्या अन्त्य हुने अनुमान गरिएको छ । सोमपाल कामी र करण केसी नयाँ बलका साथ बलिङ गर्नेछन् ।
दीपेन्द्र नेपालका प्रमुख हतियार हुन् । उनले मंगोलियाविरुद्ध ९ बलमै अर्धशतक पूरा गरेका थिए । ब्याटिङसँगै स्पिन आक्रामण उनीबाट निकै महत्वपूर्ण हुनेछ ।
उता मोहम्मद वासिम, वृत्य अरविन्द र आसिफ खान युएईका प्रमुख ब्याटर हुन् । यी तीनलाई सस्तैमा आउट गर्न सके नेपाल खेलमा हाबी बन्न सक्छन् । स्पिनर आयन खान यस सिरिजमा छैनन् । उनी यू१९ टोलीको कप्तान हुन् । युएईको तीव्र गतिको बलिङ आक्रामण मजबुतछ । जहुर खान, मोहम्मद जवादुल्लाह र जुनैद सिद्दिकछन् ।
पछिल्लो समय नेपालले टि-२० आईमा युएईसँग गतवर्ष फेब्रुअरीमा आइसिसी टि-२० विश्वकप एसिया क्षेत्र छनोटको सेमिफाइनलमा खेलेको थियो । त्यहिँ खेलमा हारको कारण नेपालले विश्वकप खेल्न सकेको थिएन । पछिल्ला पाँच टि-२० आई खेलमा युएई तीन खेलमा विजयी भएको छ ।
हेड टु हेड:
नेपाल र युएईबीच पाँच टि-२० आई खेल भएको छ । जसमा नेपाल २ खेलमा विजयी हँदा तीन खेलमा पराजित भएको छ ।
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

